८ बैशाख २०८१, शनिबार

नेप्से १८ अंकले घट्यो, एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार

प्रकाशित मिति :  23 March, 2023 3:52 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि नेप्सेपरिसूचक ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १८ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक परिसूचक नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ मा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.९० अंकले घटेर ३६१.०१ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार ८ सय ६८ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा मायाखोला हाइडो पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएको छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन युनिक्यू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेर्रै गुमाएका छन् । संस्थाको सेयरमूल्य ७.४७ प्रतिशतले घटेको छ ।

कुल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८ सय २ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !