१६ चैत्र २०८०, शुक्रबार

चैत १९ गतेदेखि आइपीओ निष्काशन गर्दै मकर जितुमाया सुरी हाइड्रो

प्रकाशित मिति :  26 March, 2023 12:20 pm


काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि झण्डै २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।

हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयको लागि ७ लाख ६० हजार कित्ता सेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता सेयर समेत सर्वसाधारणमा जारी हुन लागेको हो । हाइड्रोपावरले जारी पूँजी रू ७६ करोडको ३० प्रतिशत अर्थात रू २२ करोड ८० लाख बराबरको सेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो ।

दोस्रो चरणमा बिक्री गर्न लागिएको कुल कित्ता सेयरमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त आईपीओमा छिटोमा चैत २२ गते र ढिलोमा आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । हाइड्रोपावरको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !