८ बैशाख २०८१, शनिबार

६६.३६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति :  26 March, 2023 5:28 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार २ कम्पनीको ६६ लाख कित्ता बढि बोनस सेयर सूचीकृत भएको छ । आज शिखर इन्स्योरेनस कम्पनी लिमिटेड र नेपाल एसबिआई बैंकको ६६ लाख ३६ हजार ४ सय १५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

शिखर इन्स्योरेनस कम्पनी लिमिटेडको १६ प्रतिशत बोनसबापतको ३६ लाख ८८ हजार ६ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनसबापतको २९ लाख ४७ हजार ७५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !