२५ मंसिर २०८२, बिहिबार

नगद प्रवाहलाई सहज बनाउन समिति गठन गर्ने अर्थमन्त्री महतको पहिलो निर्णय

प्रकाशित मिति :  31 March, 2023 6:32 pm


????????? ??????????? ????????? ??? ???????? ??????????? ??????? ?????????? ? ??????? ???? ????? / ????

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाहलाई सहज बनाउन समिति गठन गर्ने निर्णय गरेका छन् ।

शुक्रबार अर्थमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री महतले उक्त निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

‘क्यास फ्लोु सहज बनाउन समिति गठन गर्ने र समितिको बैठक मासिकरूपमा गर्ने पहिलो निर्णय गरेको छु,’ मन्त्री महतले भने ।

यस्तो समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ । समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु सदस्य रहने भएका छन् ।

सरकारको कोषको अवस्था र सरकारको नगद प्रवाह विश्लेषण गर्दै सरकार स्रोतको सुझाव दिने समितिले काम गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !