२२ बैशाख २०८१, शनिबार

नेप्सेको गिरावट जारी, कारोबार रकम ९२ करोडमा खुम्चियो

प्रकाशित मिति :  3 April, 2023 5:03 pm


काठमाडौं । साताको दोस्रो दिन पनि सेयरबजार ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक १६.६७ अंकले १८७१.८८ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले घटेर ३५२.७१ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल उपसमुहमध्ये १२ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने टे«डिङ उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३ करोड ६२ लाख ७९ हजार ७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कालिन्चोक दर्शन लिमिटेडका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त डिबेन्चरको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६० कम्पनीको २८ लाख २९ हजार ४ सय २६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २४ लाख ९ हजार ११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !