२२ बैशाख २०८१, शनिबार

नेप्सेको गिरावट जारी, खुम्चिदै कारोबार रकम

प्रकाशित मिति :  4 April, 2023 4:25 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०.७३ अंकले घटेर ३५१.९७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ७ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ३ करोड ३६ लाख ५४ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कालिन्चोक दर्शनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन नेप्सेमा ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य ९.२९ प्रतिशतले घटेको छ ।

कुल २६४ कम्पनीको २९ लाख ७१ हजार ९ सय ४७ कित्ता सेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार २ सय ९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !