२२ बैशाख २०८१, शनिबार

तरलता अभावका कारण सहकारीमा समस्या आयो : अध्यक्ष कँडेल

प्रकाशित मिति :  4 April, 2023 4:15 pm


काठमाडौँ । तरलता अभावका कारण सहकारीमा समस्या चुलिदैँ गएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाे सयुक्त आयोजना ‘सहकारीको दिगोपनाको लागि स्वनियमन तथा सुशासन’ भन्रे नाराका साथ चैत २३ गतेदेखि २५ गतेसम्म आयोजना हुन लगोको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको जानकारी दिन गराएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कँडेलले कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्र नै हलचल भएकाे बेला नेपालको अर्थतन्त्रमा पनि आर्थिक मन्दी हुदाँ सहकारी संस्थाहरू चरम संकटमा परेकाे बताए । उनले भने, “आर्थिक मन्दीका कारण सबै सहकारीमा समस्या देखिएको होइन । केही सहकारीमा समस्या देखिदा बचतकर्ताहरू त्रासित भएर निक्षेप फिर्ता लिन होड चल्दा नै सबै सहकारी समस्यामा परेको जस्ताे देखिएकाे हाे ।’’ अध्यक्ष कँडेलले उक्त महासम्मलेनले सहकारीको समस्याको समाधान गर्न र सहि दिशामा ल्याैजान सहयाेग पुर्याउने बताएका छन् ।

महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल गर्नुका साथै पूर्व अर्थमन्त्री, मन्त्रीहरू, पूर्व गर्भनर, सचिवहरू सहित अन्तराष्ट्रिय सहकारी विज्ञहरूको प्रस्तुति रहेको राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक तथा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन स्टेरिङ कमिटि सदस्यसचिव चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।

थाम्सुहाङले सहकारीको गुणात्मक विकासका लागि समेत यसको सुदृढ संजालिकरण, छरितो संरचना र सहकारीको मुटुको रुपमा रहेको स्वनियमन र सुशासनको प्रवद्र्धनका लागि महासम्मेलनले कोशोढुंग सवित गर्ने विश्वास रहेको बताइन् ।

त्यस्तै महासम्मेलनको उद्धघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् भने समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !