नेप्से परिसूचक १८६६मा झर्यो
काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार पुन ओरालो लागेको छ । हिजो बुधबार ८ अंकले बढेको सेयरबजार आज ८ अंकले नै घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०.९२ अंकले घटेर ३५३.०३ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ९२ लाख ६ सय ७९ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा पुगेको छ ।
त्यस्तै आज साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशतले घटेको छ ।
कुल २६९ कम्पनीको २८ लाख ७० हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।








