२१ बैशाख २०८१, शुक्रबार

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघ्यो

प्रकाशित मिति :  14 April, 2020 12:02 pm


काठमाडौं २ वैशाख  

कोरोना भाइरसका कारण मर्नेको संख्या एक लाख नाघिसकेको छ ताजा तथ्याङ्क अनुसार कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार १सय १३ पुगेको छ । संक्रमितको संख्या १९ लाख १७ हजार भन्दा बढी रहेको छ ।

पछिल्लो समय कोरोनाबाट अमेरिका सबैभन्दा धेरै प्रभावित बन्न पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यामका अनुसार अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको इटलीलाई समेत अमेरिकाले उछिनिसकेको छ ।

अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १० हजार बढी छ ।

जबकी यो संख्या इटलीको भन्दा ३ हजार १ सय ७५ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यद्यपि अमेरिकी सरकारले लकडाउन गरेको छैन । केबल मानिसहरुलाई घर बाहिर ननिस्किन, सामाजिक दुरी कायम गर्न र मास्क लगाउन आग्रह मात्र गरिएको छ ।

त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार ७ सय ५६ पुगेको छ भने १ लाख ७० हजार ९९ जना संक्रमित बनेका छन् । फ्रान्समा १४ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार ८ सय ७७ जना संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !