रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी, दमकल र सशस्त्रकाे टाेली घटनास्थलमा
प्रकाशित मिति : 9 April, 2023 5:04 pm
रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ ।
माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । एक घरबाट सल्कीएको आगोले मानपुर बस्तीका २० भन्दा बढि घरमा आगोलागी भएको हो ।
आगो अहिलेसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । घटनास्थलमा दमकल र सशस्त्रको टोली पुगेको छ । आगो निभाउने कार्य जारी छ ।
घटनास्थलमा अहिलसम्म पनि नगरप्रमुख नपुगेकाे भन्दै स्थानियले गुनासाे गरेका छन्र ।








