५ जेष्ठ २०८१, शनिबार

वर्षको अन्तिम कारोबारः २९ अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  13 April, 2023 4:31 pm


काठमाडौं । हिजो ९२ अंकको उछाल आएको सेयरबजारको उत्साह एक दिन पनि टिक्न सकेन । बैंकहरुले निक्षेपको व्याजदर एकल अंकमा झारेसँगै बजार सकरात्मक बन्ने अपेक्षा गरेका लगानीकर्ता नयाँ वर्षको पूर्वसन्ध्यामा भने निश्चिन्त बन्न सकेनन् ।

वर्षको अन्तिम दिन २९ अंकले नेप्से परिसूचक घट्दा कारोबार रकम पनि खासै बढ्न सकेन । आज कारोबारको सुरुवाती समयदेखि नै निकै उचारचढाव आएको बजार अन्तत दोहोरो अंकले घटेर नयाँ वर्षलाई विदाई गरेको छ ।

लामो समयदेखि वियरिसको मार खेपेका लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजारमा गिरावट देखिएको सेयरबजारका जानकारहरु बताउँछन् ।

सबैभन्दा राम्रो पाटो बैंकको व्याजदर घटेको छ यसको सकरात्मक प्रभाव आगामी दिनमा पक्कै देखिने छ एक लगानीकर्ताले भने सेयरबजारमा राजनीतिक देखि आर्थिक हरेक गतिविधिले प्रभाव पार्ने हुँदा लगानीकर्ता ढुक्क नहुँदा, थोरै भएपनि नाफा करेक्सन तिर लागेको साथै टिएमएसमा समस्या आउँदा पनि गाह्रो भएको हो । नयाँ वर्षमा नेप्सेको यात्रा सकरात्मक देखिन्छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयरकारोबार भएको छ । कम्पनीको ८ करोड ४२ लाख ८६ हजार ५४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आर्दश लघुवित्त वित्तीय संस्था, कालिन्चोक दर्शन, मोल्ुङ हाइडोपावर कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। आजको दिन यी तिनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन सिदार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम –२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त म्यूचुअल फण्ड ५.५० प्रतिशतले घटेको छ ।

कुल २७० कम्पनीको ४९ लाख १३ हजार ७ सय २ कित्ता सेयर किनबेच गर्दा १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !