५ जेष्ठ २०८१, शनिबार

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

प्रकाशित मिति :  16 April, 2023 2:03 pm


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरूलाई १४.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

चैत ३० गते बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांशको साथै कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल यस कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड रहेको छ ।

उक्त लाभांश नेपाल बिमा प्राधिकरणले पारित गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।



प्रतिक्रिया दिनुहोस !