पछिल्लो २४ घण्टामा देशभर ९९ जना कोरोना संक्रमित थपिए
प्रकाशित मिति : 16 April, 2023 4:33 pm
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित मध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा उपचाररत रहेको छन भने संस्थागत आइसोलेसनमा ३७ जना र आईसीयुमा ११ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् भने हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।








