२९ मंसिर २०८२, सोमबार

लालपुर्जा फुकुवा भएपछि स्थानीयहरू खुशी

प्रकाशित मिति :  17 April, 2023 1:44 pm


काठमाडाैं । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयहरू खुशी भएका छन् । वि.स. २०६७ मा जग्गा पुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो ।

रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानियहरु हर्षित भएका हुन् । १२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहररू हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानियहरुले बताए ।

विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरूलाई दोष दिएको स्थानीयको बुझाइ छ । 

राष्ट्रिय भूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरू आयोगमा आएको दुई महिनाभित्रै काम टुङिग्याएको बताए । पटक पटक जग्गा फुकुवा भयो भनेर झुक्किएका स्थानीयहरू सुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको बताए। पछि मालपोतबाट जग्गाको काम भएपछिमात्र स्थानीयहरूले विश्वास गरेको भण्डारीको भनाइ छ ।

पश्चिम नवलपरासीमा पटकपटक बनेका भूमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरु गरेपनि पूर्णता भने दिन सकेका थिएनन् । पछिल्लो पटक वनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिव ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व संकलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !