५ जेष्ठ २०८१, शनिबार

धितोपत्र बोर्डको अनुगमन प्रभावकारी भएन : महालेखा

प्रकाशित मिति :  17 April, 2023 5:36 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अनुगमन प्रभावकारी नदेखिएको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । महालेखाको ६० औं प्रतिवेदनअनुसार बोर्डले गर्नुपर्ने अनुगमन, सुपरिवेक्षण, नियमन भएको छैन ।

प्रतिवेदनमा बोर्डले धितोपत्र बजार सहभागीहरूको लक्ष्यअनुसार स्थलगत अनुगमन, आस्वा, सूचीकृत संस्था र संस्थागत लगानीकर्ताहरूको अनुगमन नगरेको उल्लेख गरेको छ ।

बोर्डले सूचीकृत संस्थाहरूले निर्देशिकाअनुसारको सुशासन प्रतिवेदन पेस नगरेकोमा कारवाही नगरेको, आईपीओ, राइट तथा बोनस सेयर र ऋणपत्र स्वीकृति तोकिएको समयावधिमा नदिएको भन्दै अनुगमन प्रभावकारी नभएको महालेखाले जनाएको छ ।

त्यस्तै धितोपत्र बजार तथा दलालहरूको अनलाइन रियल टाइम अनुगमन कार्यका लागि नेपाल अनलाइन टेड्रिङ सिस्टम जडान गरे तापनि धितोपत्र दलाल व्यावसायीले प्रयोग गर्ने सफ्टवेयर र नेप्सेको कारोवार प्रणालीको तथ्याङ्कमा भिन्नता देखिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले आईपीओ एलटमेट सफ्टवेयरको न्यूनतम विशेषता निर्धारण नभएको साथै सूचीकृत संस्थाको कोषको उपयोग प्रतिवेदनले समेट्न नसकेको जनाएको छ ।

धितोपत्र व्यवसायीहरूको वित्तीय विवरणको ढाँचामा विविधता हुँदा पनि टिप्पणी नगरिएको, मर्जरमा गएका बैङ्कहरूले तोकेअनुसारको समयमा वित्तीय विवरण पेस नगरेको हुँदा नियमनकारी निकाय प्रभावकारी अनुगमन नगरेको महालेखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !