१ पुस २०८२, मंगलबार

अन्नपूर्ण हिमालबाट जिवितै उद्धार गरिएका भारतीय नागरिकको अवस्था गम्भिर

प्रकाशित मिति :  20 April, 2023 6:11 pm


पोखरा । अन्नपूर्ण हिमालबाट जिवितै उद्धार गरिएका भारतीय आरोहीको उपचार भइरहेको छ । अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका ३४ वर्षीय भारतीय आरोही अनुराग मालुलाई आज उद्धारकर्ताले जीवितै फेला पारेका थिए ।

तीन दिनपछि उद्धार गरिएका मालुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उपचारमा संलग्न डाक्टरले उनको अवस्था चिन्ताजनक रहेको बताएका छन् । त्यस्तो चिसो ठाउबाट पनि ७२ घण्टा सम्म जिवितै रहेका मालुको उपचारबाट निको हुन सक्ने अपेक्षा गरिएको छ ।

अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ,’ भाइ सुधीरले भने ।

राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूबारे चेतना जगाउन मालू ८,००० मिटरभन्दा माथिका सबै १४ चुचुराहरू र सातवटा शिखरहरू आरोहण गर्ने अभियानका लागी नेपाल आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !