२० बैशाख २०८१, बिहिबार

पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर

प्रकाशित मिति :  25 April, 2023 12:53 pm


काठमाडाैं । काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । मंगलवार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित  सडकपेटीको प्रहरी बिट हटाएको हो ।

महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !