१ पुस २०८२, मंगलबार

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु

प्रकाशित मिति :  27 April, 2023 10:52 am


काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

‘घरको मुल खम्बामा स्वीच रहेछ । त्यही मुनि छोरा रहेछ, छोला वितिहाल्यो, आमा बुबाको उपचार हुँदैछ,’ अध्यक्ष बनेमले भने । उनका घाइते आमा र बुवा जिल्ला अस्पतालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !