१ पुस २०८२, मंगलबार

कामना सेवा विकास बैंकको सिइओमा दिने थकाली नियुक्त

प्रकाशित मिति :  27 April, 2023 11:54 am


काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले वैशाख १४ गतेबाट लागू हुने गरी ४ वर्षको लागि थकालीलाई सीईओम नियुक्त गरेको हो।

थकाली हाल प्रभु बैंकको नायव महाप्रबन्धक रहेका छन्। उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको अनुभव पनि छ।

सांग्रिला डेभलपमेन्ट बैंकमा पनि थकालीले कामु सीईओको जिम्मेवारी निभाएका थिए। सांग्रिला बैंकबाट उनी प्रभु बैंक आएका थिए।



प्रतिक्रिया दिनुहोस !