१ पुस २०८२, मंगलबार

महानगरले सिल गर्‍यो घरको पेटीमा सञ्चाल भइरहेको पेट्रोल पम्प

प्रकाशित मिति :  27 April, 2023 1:51 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ । विगत ५ वर्षदेखि घरको सटरमा सञ्चालन हुँदै आएको कोतः धुकु पेट्रोल पम्प बिहीबार महानगरले सिल गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको उक्त पेट्रोल पम्प घ कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि परेपनि नेपाल आयल निगमले सहजिकरण नगर्दा हटाउन समस्या परेको महानगरले बताउँदै आएको थियो ।

निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने भएपछि मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका पेट्रोल पम्प हटाउन सुरु गरिएको महानगरका प्रहरी प्रमु्ख पाण्डेले बताए ।

अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !