१ पुस २०८२, मंगलबार

माइतीघरमा प्लेकार्डसहित धर्ना महावीर पुनको धर्ना

प्रकाशित मिति :  28 April, 2023 11:02 am


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आजदेखि आन्दोलन सुरु गरेका छन् ।

अनुसन्धान, नवप्रर्वतन र आविश्कारको निम्ती सरकार गम्भिर नभएको भन्दै शुक्रबार देखि आन्दोलनका कार्यक्रमहरु सुरु गरेका हुन् ।

पुनले आन्दोलनको पहिलो दिन माइतिघर मण्डलामा विभिन्न मागसहितका प्लेकार्ड लिएर धर्ना कार्यक्रम सुरु गरेका छन् ।

नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गदै पुनले भने ‘यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कुरा राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलनको गर्न बाध्य भयौंं । हामीले आन्दोलन गर्दैछौं है भनेर बालुवाटार पुगेर सुचना दिएका हौं ।’

पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने प्रमुख माग रहेको बताए ।

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।



प्रतिक्रिया दिनुहोस !