बोहोराटार स्थित प्रेमीको कोठामा मृत भेटिइन वीर अस्पतालकी नर्स
प्रकाशित मिति : 30 April, 2023 2:16 pm
काठमाडौं । काठमाडौंको बोहराटारस्थित एक घरमा युवती मृत अवस्थामा भेटिएकी छन् ।
भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
लामो समयसम्म डा. ढकालसम्म प्रेम सम्बन्धमा रहेकी मृतक श्रेष्ठ वीर अस्पतालमा नर्स (आठौ तह)मा कार्यरत थिइन् । घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै सुसाइड नोट समेत भेटिएको जनाएको छ ।
नोटमा उनले ढकालसँगको अफेयर र आत्महत्या गर्नुको कारण लगायतका विषय लेखेको पाइएको प्रहरी स्रोतले जनाएको छ।
उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केटा पक्षले अहिले विवाह गर्न नमान्दा सुसाइड नोट छाडेर श्रेष्ठले आत्महत्या गरेको बताइएको छ ।








