१ पुस २०८२, मंगलबार

१४ वर्षीया दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मण्डनदेउपुरका एक युवा पक्राउ

प्रकाशित मिति :  30 April, 2023 4:17 pm


काठमाडौँ । १४ वर्षीया २ जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

एक होटलमा ती किशोरीलाई जरबजस्ती करणी गरेको उजुरी परेको थियो । भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा दुई किशोरीलाई पुर्‍याई विभिन्न प्रलोभन पारी ललाई फकाई शुक्रबार राति जरबजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेका प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !