१ पुस २०८२, मंगलबार

नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई दियो आशयपत्र

प्रकाशित मिति :  1 May, 2023 2:41 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ ।

बोर्डको सोमबार (आज) बिहान बसेको संचालक समितिको बैठकले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार यी कम्पनीले बोर्डले तोकेबमोजिमको मापदण्ड पु¥याएर पूर्वाधार तयार गरेपछि ब्रोकर लाईसेन्स पाउने छन् । आशयपत्र पाउने १६ वटा ब्रोकर कम्पनी मध्ये एउटा ब्रोकर कम्पनी मेघा स्टक मार्केट मात्रै पूर्ण कार्य गर्ने धितोपत्र दलाल रहेको छ भने बाँकी १४ वटा कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।

त्यस्तै स्टक डिलरको लागि आवेदन दिएका मध्ये नबिल सेक्यूरिटिज लिमिटेडले आशय पत्र पाएको प्रवक्ता श्रेष्ठले बताए ।

बोर्डले निम्न कम्पनीलाई आशयपत्र प्रदान गरेको छ ः



प्रतिक्रिया दिनुहोस !