सिम्रिक एयरका सबै हेलिकप्टरको उडान रोकियो
प्रकाशित मिति : 7 May, 2023 1:00 pm
काठमाडौं । सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ ।
शुक्रबार संखुवासभामा सिम्रिक हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले अनुसन्धानको लागि सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।
उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरेरनगरेकोबारे अनुसन्धान थालिएको प्राधिकरणले जनाएको छ ।
सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेपछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडान रोकिएको हो ।








