१ पुस २०८२, मंगलबार

बुटवल-नायारणगढ सडक निर्माणमा भएको ढिलाइबारे संसदमा उठ्यो आवाज

प्रकाशित मिति :  9 May, 2023 12:22 pm


काठमाडौँ । सम्झौताको चार वर्ष बितिसक्दा पनि बुटवल नायारणगढ सडक निर्माणको काम नसकिएको भन्दै संघिय सांसदमा आवाज उठेको छ ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेकपा एमाले सांसद बासुदेव घिमिरेले सडक निर्माण आयोजनाको काममा ढिलाइ हुदाँ देशलाई करोडौँको नोक्सानी भएको बताए ।

“गत साउन महिनाभित्र निर्माण गर्ने गरि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले २०७५ माघ २४ गते सडक विस्तारको सम्झौता गरेको थियो,” घिमिरेले भने, “सम्झौताको चार वर्ष बितिसक्दा ११४ किलोमिटर सकडकाे ३० प्रतिशत मात्र काम सम्मपन्न भएको छ ।”

सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरु कष्टकर यात्रा बाध्य भएको बताउदै उनले दुई घण्टाको सडक यात्रा गर्न अहिले सात घण्टासम्म लाग्ने गरेको बताए ।

दैनिक ५० हजार भन्दा बढि सवाारी साधनको आवत जावत हुने उक्त सडकमा सवारीले पेट्रोलियम पदार्थ बढि खपत गर्दा करोडौँ रकम प्रत्यक्ष अप्रत्यक्ष रुपमा करोडौँ रकक विदेशिएको भन्दै सांसद घिमेरेले सरकारको ध्यानकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !