नक्कली भुटानी शरणर्थी प्रकरणमा कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
प्रकाशित मिति : 14 May, 2023 12:22 pm
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर बताएको छ ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
यो प्रकरणमा मुछिएका कांग्रेस नेताले शेर्पालाई भण्डारीसँग भेट गर्न पठाएको र बयानमा प्रभावित गर्न खोजेको आरोप लागेको थियो ।








