३ पुस २०८२, बिहिबार

धेरै बिमा कम्पनीलाई अनुमति दिनु ठिक थिएन : अर्थमन्त्री महत

प्रकाशित मिति :  16 May, 2023 1:21 pm


काठमाडाैं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताएका छन्र । बीमा कम्पनीको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अथर्मन्त्री महतले यस्तो बताएका हुन् ।

‘शुरूमा यत्राे धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स दिने सरकारको कदम नै गलत भयो’।, अथर्मन्त्रीले भने, ‘त्यसको कोर्ष करेक्शन हुन जरुरी छ । त्यसलाई हेल्दी, कम्पिटेटिभि र ग्राहकको सुरक्षा, जे लक्ष्यको लागि हो त्यसमा चल्न जरुरी छ, त्यसका लागि बीमा प्राधिकरणको नियामक निकायको हैसियतले प्रभावकारी भुमिका अपेक्षा गर्दछु ।’

उनले प्राधिकरणको अगुवाईमा बीमा कम्पनीहरु मर्जरमा जानु आवश्यक भएको उल्लेख गर्दै बीमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको बताए।

अर्थमन्त्री महतले धेरै बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्शन जरुरी रहेको बताए ।

बिमामा धेरै क्षेत्रलाई समेट् , नियामक निकायले व्यवसायिक हैसियत देखाउन जरुरी रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्थालाई मध्यनजर गरी बीमा कम्पनीहरु दर्ता गर्न जाेड दिए।

अर्थमन्त्री डा. महतले सरकारले बीमालाई उच्च प्राथमिकता दिएको र स्वास्थ्य बीमाको समानन्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौति रहेको बताए । उनले सामाजिक सुरक्षाका दायित्वलाई कसरी  वहन गर्ने भन्नेबारेमा सरकारले बीमाबाट नै सामाजिक सुरक्षा कसरी जोड्ने भन्नेबारेमा खोजिको विषयवस्तु रहेको बताउनु भयो । उहाँले सम्पूर्ण वित्तीय क्षेत्रमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । 

अर्थमन्त्री डा. महतले राजनीतिक स्तरबाट नियामककारी निकायहरुमा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण पनि कतिपय व्यवसायिकतामा ह्रास आइरहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !