३ पुस २०८२, बिहिबार

खेतीयाेग्य जमिनको संरक्षण भएन: अध्यक्ष लोहनी

प्रकाशित मिति :  16 May, 2023 7:14 pm


काठमाडौँ । विगतमा कृषि जमिनको संरक्षण र विशेलषण नहुदाँ कृषि जमिनको अभाव हुन पुगेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए ।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, शहरी विकास मन्त्रालय र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा ‘मुलुकको आर्थिक वृद्धिमामा घर जग्गा क्षेत्रको सम्भावना’ नामक एक दिवसीय गोष्ठिमा बोल्दै लोहनीले सो कुरा बताएका हुन् । उनले विगतमा बागबजार, अनामनगर जस्ता ठाउँमा तरिकारी हुने क्षेत्र रहेको र अहिले उक्त क्षेत्रको संरक्षण नहुदाँ काठमाडाैँ लगायत देशभर नै कुषि जग्गाको अभाव हुदैँ गएको बताए ।

लोहोनीले मुलुकलाई झन्डै कमाएको २५ प्रतिशत तिर्नुका साथै दश हजारभन्दा बढी व्यवासायी संगलग्न भएको क्षेत्रमा समस्या आउँदा मुलुकको अर्थतन्त्र चलायमन नभएको बताए ।

त्यस्तै उनले आवासमा १८८ खर्ब रुपैयाँ लगानी हुनुका साथै आवास र जग्गामा मात्रै लगानी नेपालको करिब २० वर्षको बजेट बराबर भएको उनको दाबी छ ।

उनले भने, “एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटर भूमिमा करबि ३७ प्रतिशत जमिन निजि क्षेत्रको रहेको छ । त्यो ५५ लाख हेक्टर रहेकाे छ । त्यस्तै ५५ लाख हेक्टर जमिन मध्ये ३५ लाखलाई कृषि जमिन भनिएको छ । मैले अनुमान गर्दा ५५ लाख हेक्टर जमिन मध्ये १० प्रतिशत जमिनमात्र खरिद बिक्री भएको रहेछ भने त्यो जमिन करिब करिब दश लाख हुन आउने र प्रति हेक्टरकाे ५ करोड गर्ने ५ सय खर्ब भन्दा बढी सबै जमिनमा लगानी भएको छ । त्यो हेर्दा नेपालको २० वर्षको बजेटमा लगानी भएको छ । ’’

उनले गत साउनबाट कित्ताकाट रोकिँदा मालपोत कार्यलयका कर्मचारीमा विकृति आएको पनि उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !