बझाङमा हिमपहिरोमा परेर दुईजना घाइते, तीन बेपत्ता
प्रकाशित मिति : 21 May, 2023 6:10 pm
काठमाडौँ । बझाङमा हिमपहिरोमा परेर दुईजना घाइते छन् भने तीनजना बेपत्ता भएका छन् ।
आइतबार बिहान सुर्मा गाउँपालिका वडा नम्बर २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरोमा परी दुईजना घाइते र तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले हिमपहिरोमा पुरिएर तीनजना बेपत्ता र दुईजना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली गएको जानकारी दिए ।
हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरू यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको बुझिएको प्रहरीले जनाएको छ।








