अस्थिर नीतिकाे असर विद्युतीय सवारी साधनमा पर्याे : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसाद रवि लामिछानेले सरकारले विद्युतीय गाडीका करको दर दुईपटकसम्म परिवर्तन गरेका बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारको अस्थिर नीतिका कारण देशको अर्थतन्त्र बलियो हुन नसकेको बताएका हुन् ।
उनले भने, “अघिल्लो सरकारले लिएको नीति पछिल्लो सरकारले परिवर्तन गर्छन् । त्यसको असर विद्युतीय गाडीका करका दरमा दुईपटक परिवर्तन हुने उदाहारण मात्र हो । राज्यले लिने नितिमा स्थायित्व भएन भने उद्यमी, व्यावसायीको मनोबल खस्किन्छ ।
आर्थिक वर्ष २०७९र०८० शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै राखिएको छ । एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ३० प्रतिशत कायम गरेको छ ।
यसैगरी तीन सय किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तःशुल्क दर पनि ६०र६० प्रतिशत कायम गरिएको छ । यी दुबै जोड्दा एक सय २० प्रतिशत राजस्व तिर्नुपर्ने हुन्छ ।








