रुकुम पश्चिमको बाँफिकोट जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ जना घाइते
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ घाइते भएको जिल्ला प्रहरी कार्यालय रुुकुमले जानकारी दिएको छ ।
दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की सुत्केरी रेखा खत्री र उनको छोराको घटनास्थलमै मृत्यु भएको छ ।
सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।








