प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेश हुँदै
प्रकाशित मिति : 28 May, 2023 2:07 pm
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ । संघीय संसद नयाँ बानेश्वरमा दिउँसो बस्ने बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
संसद बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका भनिएपनि २ बजेसम्म पनि सुरु भएको छैन ।
सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुप¥यो जस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने चलन रहेको छ ।
नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (भोलि) प्रस्तुत गर्ने छ ।








