२ पुस २०८२, बुधबार

यस्ता छन् आगामीआर्थिक वर्षको बजेटका उद्देश्य र प्राथमिकता

प्रकाशित मिति :  29 May, 2023 5:23 pm


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई लय फर्काउन सरकार दृढ रहेको बताएका छन्। संघीय संसदको संयुक्त बैठकमा आज आगामी
आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै अर्थमन्त्रीले यस्तो जानकारी दिएका छन्। उनले आगामी आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताए।

आर्थिक वर्ष २०८०र८१ को बजेटका उद्देश्य देहाय बमोजिम रहेका छन् :
१अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने,
२गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने,
३ लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने,
४ समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,
५ संघीयताको सवलीकरण र सुशासन कायम गर्ने,
६ बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने।

बजेटका प्राथमिकताहरू निम्नअनुसार रहेका छन् ः
१ कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,
२ लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुलन,
३ सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा,
४ गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,
५ डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन,
६ वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन,
७ मानव संसाधन विकास र रोजगारी सिर्जना,
८ वित्तीय क्षेत्र सुधार,
९ वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार,
१० सार्वजनिक वित्त प्रणालीमा सुधार।



प्रतिक्रिया दिनुहोस !