८ बैशाख २०८१, शनिबार

नयाँबजारको इलिप्स स्कुलको होस्टेलमा मृत भेटिए विद्यार्थी

प्रकाशित मिति :  31 May, 2023 11:15 am


काठमाडौं । नयाँ बजार स्थित इन्र्टनल लाइट पब्लिक स्कुलमा अध्यनरत १३ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान २ बजे ५ कक्षामा अध्यनरत विद्यार्थी विद्यालयकै होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

प्रहरीका अनुसार धादिङ घर भएका अभिषेक तामाङ विद्यालयकै होस्टेलमा झुण्डिएको भन्ने खबर आएपछि घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले भने आफूहरू घटनास्थल नपुग्दै विद्यालय प्रशासनले हतार हतार शव पोस्टमार्टमका लागि अस्पताल लगेको आरोप लगाएको छ ।

उनका बुवा छैनन् आमा साइप्रसमा काम गर्दै आएकी छन् । उनका दुई दिदीहरू छन् ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !