२१ भदौ २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  15 June, 2023 11:35 am


काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार वुधबार तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहिबार तोलामा ८०० रुपैयाँ घटेर तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्यको तोलाको एक लाख १० हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । वुधबार तोलाको १४२५ रुपैयाँ कारोबार भएको चाँदी आज बिहिबार तोलाको २० रुपैयाँ घटेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !