१३ बैशाख २०८१, बिहिबार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो

प्रकाशित मिति :  19 April, 2020 1:28 pm


काठमाण्डौं ७ वैशाख । भारतमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ । कोरोना भाइरस (कोभिड–१९)को कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५ सय नाघिसकेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसबाट भारतमा १५ हजार ७ सय १२ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयलृ जनाएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ११ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने २ जनाको ज्यान गइसकेको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म ९ सय ६९ संक्रमित देखिएका छन् भने १४ जनाको ज्यान गइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !