२० बैशाख २०८१, बिहिबार

बुहान पुगेर अनुसन्धान गर्ने अमिरिकी योजनाः अनुमतिका लागि ट्रम्पको अनुरोध

प्रकाशित मिति :  20 April, 2020 9:31 am


एजेन्सी, ८ वैशाख ।

अमेरिकाले विश्वमै पहिलो पटक कोभिड १९ फेला परिएको भनिएको चीनको वुहान पुगेर कोरोनाबारे अनुसन्धान गर्ने योजना रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलाएका छन् ।

आइतबारको मिडिया ब्रिफिङमा उनले अनुसन्धानका लागि अनुमति दिन चीनसँग निरन्तर छलफल भइरहेको बताएका छन् ।
कोरोना चीनले फैलाएको भन्ने अमेरिकी आरोप र प्रत्यारोपकाबीच अमेरिकाले अनुसन्धान गर्न अनुमति मागेको हो । चीनले अमेरिकी आरोपलाई अस्वीकार गरिरहेको छ ।

अमेरिकाले विगतमा चीनसँग अनुसन्धान गर्न दिनेबारे गरेको आग्रह अस्वीकार गरेको ट्रम्पले बताएका छन् ।
“हामी चीनसँग कुराकानी गरिरहेका छौं । चीनमा गएर अनुसन्धान गर्न दिनबारे लामोसमय देखि भनेका छौ, हामी चीन भित्र जान चाहन्छौं,” ट्रम्पले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !