८ जेष्ठ २०८१, मंगलबार

सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छः घनश्याम भुसाल

प्रकाशित मिति :  24 July, 2023 6:20 pm


काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।

अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरूको अहिलेनै भ्रुण तुहिनेगरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो । उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यस विरुद्ध अभियान छेडनुपर्ने बताए ।

‘समाजवादको यात्रालाई ठिक राख्ने हो भने कमरेड पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन सकिउन भने समाजवादको यात्रा सुरक्षित हुँदैन । एउटा गृहमन्त्री आएर, एउटा भाषण गरेर, एउटा गोष्ठी गरेर हुँदैन । हाम्रो गृहमन्त्री राम्रो गृहमन्त्री बन्ने कुराको, राम्रे कार्यक्रम गर्ने कुराको यो सबै कुराको कन्ट्रिब्युसन के होस भने समाजवादलाई ग्यारेन्टी गर्ने हो भने समाजवादी पार्टी चाहिन्छ’, उनले भने, ‘यदि समाजवादको ग्यारेन्टी गर्ने हो भने एक्लो प्रयासले हुँदैन । पार्टी भित्र त्यो विरोधी अभियान सुरु गर्नु पर्छ ।’

महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !