२५ बैशाख २०८१, मंगलबार

भारतले पठायो २३ टन अत्यावश्यक औषधि

प्रकाशित मिति :  22 April, 2020 5:46 pm


काठमाडौं, १० वैशाख ।

कोरोना विरुद्धको लडाइमा साथ दिन छिमेकी राष्ट्र भारतले २३ मेट्रिक टन अत्यावस्यक औषधी पठाएको छ । बुधबार भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई सामाग्री हस्तान्तरण गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध लड्न मित्रराष्ट्रलाई सहयो गर्ने प्रतिवद्धता अनुरुप औषधी हस्तान्तरण गरिएको हो । नेपालस्थित भारतीय दूतावासका अनुसार नेपाली जनताका लागि उपहारस्वरुप हस्तान्तण गरिएका औषधीमा पारा सिटामोलको ३ लाख २० हजार डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २ लाख ५ हजा डोेज गरि ८ लाख २५ लाख डोज अत्यावश्यक औषधि छन् ।

“सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको छ,” दूतावासले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ । गत चैत्र २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सार्क राष्ट्रका नेताहरुल गरेको भिडियो कन्फ्रेन्समा गरि सार्क राष्ट्र स्तरिय कोभिड १९ कोषको घोषणामेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !