१८ बैशाख २०८१, मंगलबार

बिहीबार र शुक्रबार काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

प्रकाशित मिति :  30 August, 2023 1:42 pm


काठमाडौँ । काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

आज एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !