५ जेष्ठ २०८१, शनिबार

बम्जनलाई बयानका लागि सर्लाही अदालतमा लगियो

प्रकाशित मिति :  11 January, 2024 2:16 pm


काठमाडौं । अनुयायी बेपत्ता, हत्या र यौन दुराचारको आरोप लागेका रामबहादुर बम्जनलाई सर्लाहीको जिल्ला अदालतमा उपस्थित गराइएको छ । बिहीबार जिल्ला अदालत सर्लाहीमा बम्जनको बयान सुरु भएको प्रहरीले जनाएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी)अनुसार जिल्ला अदालत सर्लाहीबाट नै उनिविरुद्ध प्रक्राउ पुर्जी जारी भएकोले बम्जनलाई हिजो राति नै सर्लाही लगिएको हो ।

अभियुक्त बम्जनलाई हत्या र यौन शोषणको मुद्धामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

अभियुक्त बम्जनलाई व्यूरोले मंगलबार साँझ बुढानिलकण्ठ स्थित हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !