४ जेष्ठ २०८१, शुक्रबार

नक्कली मदिरा सहित ९ जना प्रकाउ

प्रकाशित मिति :  17 January, 2024 1:49 pm


काठमाडौँ । काठमाडौँमा प्रहरीले नक्कली मदिरा बनाई बेचबिखन गर्ने ९ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ स्थित एक घरमा उक्त कारखाना फेला परेको हो ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिराहरू प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचविखन गर्दै कालोबजारी गर्ने गरेका थिए । प्रकाउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।

उनीहरूले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरू प्रयोग गर्ने गरेकाे उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !