५ जेष्ठ २०८१, शनिबार

छोराको हत्या आरोप लागेका बुबा पक्राउ

प्रकाशित मिति :  18 January, 2024 12:15 pm


काठमाडौं । छोरीलाई बलत्कार र छोराको हत्या आरोप लागेका बुबा पक्राउ परेका छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय छोराको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिहीबार प्रहरीले टिकापूर –१ देखि भारततिर जाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत

उनलाई १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको र आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !