पाल्पा जिप दुर्घटना: तिनाउ गाउँपालिकामा आज शोक बिदा
काठमाडौँ । पाल्पामा हिजो (मंगलबार) भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ ।
शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । त्यसमध्ये पाँच जना पालिकाभित्रैका थिए । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ ।
मंगलबार सांझ पौने ५ बजे भएको उक्त जिप दुर्घटनामा परि ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने १६ जना घाइतेको उपचार भइरहेको छ ।
मृत्यु हुनेहरूमा तिनाउ गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ६० कि यन कुमारी पन्त, वर्ष ३९ को रामबहादुर अस्लामी, वर्ष ६७ को कृष्णबहादुर अस्लामी, वर्ष २८ की उर्मिला अस्लामी छन् उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगर बस्ने वर्ष ७० को चन्द्र बहादुर रणपाल र वर्ष ६० कि चुना रणपाल छन् ।
त्यसैगरी पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २० कि गीता सुनार, रिब्दीकाेट गाउँपालिका १ बस्ने वर्ष ६६ की विष्णुकला कामी, ६५ वर्ष की दिल कुमारी सुनार र रुपनदेहीकाे देबदह नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २९ की दिलमाया जि.सी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।








