२० असार २०७९, सोमबार

यस्ताे छ धानकाे बीउ उपचारकाे वैज्ञानिक र घरेलु तरिका, ब्याड राख्नु अघि यसाे गर्नुहाेस् (तरिका सहित)

प्रकाशित मिति :  5 May, 2020 5:48 pm


घट्दो खेतीयोग्य जमिनबाट बढदो जनसंख्यालाई खुवाउन र आयआर्जनमा बृध्दिगराउन ज्ञान, प्रविधि र विज्ञानमा आधारित खेतीगर्नु अति जरुरी भैसकेको छ । नेपालमा एक अर्कालाई भेट्दा नै भात खानु भयो? भनेर सम्बोधन गर्ने चलनले पनि धानको देशमा कतिको महत्व छ भनेर झल्काउदछ ।

नेपालमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक बृध्दिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक बृध्दिदर नै ओरालो लाग्छ । तसर्थ धानले देशलाई पुर्याएको देनलाई सिंहावलोकन गरी देशलेपनि धानबालीको अनुसन्धान र विकासमा प्राथमिकताकासाथ बिशेष लगानी गर्नु पर्दछ । सरकारले बजेट तथा नीति निर्माणकाे तयारीमा रहेकाे र काेराेनाक कारण खाद्यान्न उत्पादनमा दबाब परेकाले धान उत्पादनमा विशेष कार्यक्रमकाे अपेक्षा गर्न सकिन्छ ।

सरकारले गर्ने कार्यक्रम बनाउदै गर्छ । तर कृषकहरूकाे काम भने कहिले राेकिएकाे हुँदैन । अब धान राेपाइँ गर्ने सिजन हाे । धान राेप्नु अघि किसानले अपनाउने बीउ छनाेट र उपचारकाे बिधि नै वैज्ञानिक छ । स्थानीय स्राेत साधनबाट गरिने बीउकाे उपचारमा हामी वैज्ञानिकले देखेकाे, भाेगेकाे तथ्यलाइ यहाँ उल्लेख गर्न खाेजिएकाे हाे।

बीउकाे उपचार बिधि भन्दा पहिले कुन बीउ राेप्ने भन्ने ख्याल गरिनुपर्छ । उन्नत जातहरु मध्ये कृषकले आफ्नो क्षेत्रको लागि सबभन्दा पछी उन्मोचन भएका बीउहरु लगाउने प्रयासगर्नु पर्दछ किनकी नयाँ बीउहरुमा रोग, कीरा नलाग्ने र उत्पादन बढी हुने भएकोले नै समितिले उन्मोचन गरेको हुन्छ । सकेसम्म पछिल्लाे समयमा सरकारले उन्माेचन गरेकाे र सिफारिस गरेकाे ठाउँमा मात्र बीउ प्रयाेग गर्नु पर्दछ ।

नेपालमा विभिन्न क्षेत्रहरुका लागि सबभन्दा पछी उन्मोचन, सिफारिस भएका धानका जातहरुमा चेहरान सव १, राधा १३, राधा १४, स्वर्णा सव १, सावामसुली सव १, हर्दिनाथ १, हर्दिनाथ २, हर्दिनाथ ३, तरहरा १, लल्काबास्मती, सुनौलो सुगन्धा, खुमल ८, खुमल १०, खुमल १३, लेकाली १, लेकाली ३, लोकतन्त्र, मिथिला, राम, पोखरेली जेठाबुढो, स्वर्णा सव १, साम्भा मसुली सव १, चेहरान सव १, चैते ५, सुख्खाधान १, सुख्खाधान २, सुख्खाधान ३, सुख्खाधान ४, सुख्खाधान ५, सुख्खाधान ६, बहुगुणी धान १, बहुगुणी धान २ आदी हुन ।

उत्पादन बढाउन, नयाँ जातको साथै खेतीगर्ने तौर तरिकाको तारताम्य पनि मिलाउनु पर्दछ । खाली जात मात्र भनेर हुँदैन । भनिन्छ गुणस्तरीय बीउले मात्र कुल उत्पादनमा १५ देखि २० प्रतिसत देन दिएको हुन्छ र कहिकहि त बीउले मात्रपनि सय प्रतिशत उत्पादन बढेकोपनि पाइएको छ । यहाँ केही धानकाे उपचार गर्ने बिधीहरू यहाँ प्रस्तुत गरिएकाे छः

वैज्ञानिक तरिकाले धानको वीउ छान्ने तरिका

धानको नर्सरी, व्याड बनाउन लटर, पटरमात्र नगरी हामीले छोरा, छोरी हुर्काएजस्तै गरी गर्नु पर्दछ । गह्रौं एवं स्वस्थ वेर्ना जब हुर्कन्छ तव बलियो र दरिलोपनि बन्छ । असल वीउहरुमा जातीय शुध्दता, धेरै उमारशक्ति, आकारमा एकरुपता, मिसावट नभएको, बीउजन्य रोगबाट मुक्त भएको हुनुपर्दछ । वीउको गुण एवं उमारशक्तिवीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । धानमा मूलगांजबाट अन्य दोश्रो र तेश्रो पड्तिका गाँजहरुको तुलनामा वीउहरुको सबैभन्दा बढी संख्या एवं वजनदार वीउहरु उत्पादन हुन्छन । बालाको मध्य एव तल्ला भागहरुको तुलनामा टुप्पातर्फका वीउहरु वजनदार हुन्छन र यस प्रकारको वीउहरु चांडै उम्रेर स्वस्थ वेर्नाहरु पनि निक्लन्छन ।

साधारण तया ठुला, ठुला वीउहरुबाट एक, दुइदिन अगाडिनै वेर्नाहरु निक्लन्छन । स, साना एवं कम वजनदार वीउहरुको तुलनामा ठुला, ठुला एवं वजनदार वीउहरुबाट बलिया र स्वस्थ वेर्नाहरु निक्लन्छन र पछिपनि राम्ररी बृध्दि कायम भई अन्ततोगत्वा बढी उत्पादन दिने गर्छन । स्वस्थकर बाली कायम राख्न राम्ररी भरिएका, हृष्टपुष्ट वीउहरु छान्नुपर्छ । वैज्ञानिक ढंगले धानको वीउछान्ने तरिका निम्नानुसार बताइएको छ:

वैज्ञानिक तरिकाले धानको बीउ छान्न संलग्न चित्रमा देखाए जस्तो (साधारण पानीमा ताजा कुखुराको फुलहाले पहिलो देब्रे भांडोको पिंधमा जान्छ र धानको वीउछान्न फुलले तेश्रो भांडोको जस्तो पानीको सतहमा छोएको हुनुपर्दछ ) । एक लिटर पानीमा २०० ग्राम खानेनुनको घोल बनाएर छान्दा एकमिनेटभित्रै राम्रा, राम्रा, पोटिला, हृष्टपुष्ट, मरुवा (व्लाष्ट) जस्ता विउबाटैसर्ने रोग, कीराले कम आक्रमण गरेका गह्रौं बीउ भांडोको तल, पींधमा जान्छ र नराम्रो बीउ घोलको मध्यभागमा र माथिनै तैरिन्छन । यसरी तैरिएको बीउलाई हटाएर तल, पिंधमा गएको बीउलाई तुरुन्तै २, ३ पटक साधारण पानीले धोइ, पखाली गरिदिनु पर्दछ ।

घण्टौंसम्म घोलमा बीउ राखीरहनु हुंदैन र भोलिपल्टको लागि बासी घोलपनि प्रयोगनगर्न सल्लाहदिइन्छ । यदी पांचलिटरको घोल बनाउने हो भने १ किलोग्राम वा एक प्याकेट नुन मिसाउनु पर्दछ र यस प्रकार बनाएको घोललाई धानकोबीउ छानीसकेपछी गाई, भैसीलाई कुंडो बनाउदा प्रयोगगर्न सकिन्छ । बीउछान्न बनाएको उही घोलमा ५, ६ पटक बीउछान्न सकिन्छ । यसरी वीउ छान्दा मरुवा (व्लाष्ट) जस्तो धानको वीउजन्य विनासकारी रोगलाई कमीगर्न पनि सहयोग पुग्दछ ।

धानका मुख्य रोगहरुमा मरुवा (व्लाष्ट), पात डढुवा, पाते फेद, डांठ कुहिने, खैरो थोप्ले जस्ता पर्दछन र ढुसि एवं साकाणु नासक विषादीव्दारा व्यवस्थापनगर्नु जरुरी छ । जापानमा जम्माधान उत्पादनको ५० प्रतिसत देन त स्वस्थकर वेर्नामानै भरपर्ने गर्दछ भन्ने भनाई छ र वेर्ना खूवै मेहनत गरी हुर्काउने गर्दछन भने नेपालमा पनि हुने बीरुवाको चिल्लोपात नहुने विरुवाको फोस्रो पात भनिन्छ ।

सय प्रतिसतै जापानी किसानले माथि उल्लेख गरेनुसार धानको वीउ छान्दछन र व्याडको माटो समेत सहकारीबाट खरिदगर्ने गर्दछन् । तर नेपाली किसानहरुले मल त किन्न सक्दैनन भने माटो किन भन्नु ठिक हुंदैन तर कम्पोष्ट, प्रांगारिक मल त ब्याडमा हाल्न सक्दछन् । त्यसैले हाम्रो देसको माटो, हावापानी अनुसार चल्नु पर्दछ ।



प्रतिक्रिया दिनुहोस !