१७ बैशाख २०८३, बिहिबार

राेल्पाकाे जलजलामा जीप दुर्घटना हुँदा १७ जनाकाे मृत्यु

प्रकाशित मिति :  30 April, 2026 6:17 pm


काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका १ स्थित जलजलामा भएको जीप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खल्दा अहिलेसम्म १७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरू दुर्घटनामा परेका हुन् । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु