१६ चैत्र २०८०, शुक्रबार

अनेमसंघ क्रान्तिकारी अध्यक्ष बन्धु चन्द सर्वोच्च अदालतको आदेशमा रिहा

प्रकाशित मिति :  5 May, 2020 4:32 pm


SAMSUNG CAMERA PICTURES

 

काठमाण्डौं, २३ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले चन्दलाई रिहा गर्न आदेश दिएको हो ।

न्यायाधिस आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको ईजलासले चन्दलाई गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिएको    हो । अध्यक्ष चन्दको रिहाईको माग गर्दै छोरा प्रतिकले सर्वोच्च अदालतमा बन्दीप्रयेक्षीकरणको रिट दायर गरेका थिए । चन्दलाई झण्डै डेढ बर्षपहिले अछामबाट प्रहरीले पक्राउ गरेको थियो । कपिलवस्तुमा रहेकी चन्द अझै रिहा भएकी छन् । यसअघि अदालतको आदेशका बावजुद पटकपटक पक्राउ परेपनि यसपटक भने रिहा भएकी छन् ।



प्रतिक्रिया दिनुहोस !