बारामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते
प्रकाशित मिति : 21 February, 2024 1:13 pm
हेटौंडा । बारामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बाराको सिमारा –१ आधाबार जंगलखण्डमा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट पथलैया जाँदै गरेको बा.प्र ०१(०२६ च १३३४ नम्बरको बोलेरो र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा बोलेरोमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका ९ कोलनीका ३० वर्षीय सुजन मगराती र भारत मोतिहारीका २८ वर्षीय चन्दन चौहान रहेका छन् ।
दुर्घटनामा घाइते हुनेमा भारत मजफ्फपुरका राहुल चौधरी, गोरखपुरका राहुल चौहान, लखन चौहान र ट्रक चालक बारा परमानिपुर गाउँपालिका–४ का रवि पटेल रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








