१५ बैशाख २०८१, शनिबार

संविधान संसोधनमा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

प्रकाशित मिति :  28 May, 2020 1:38 pm


काठमाण्डौं, १५ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा लालितपुरमामा यही जेठ १७ गते दिउँसो १ बजे बस्ने बैठकमा संविधान प्रस्ताव सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यही जेठ ११ गतेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा दर्ता गरिएको संविधान संसोधन प्रस्तावमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्शा अनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७७’ विधेयक दर्ता गराएको थियो ।



प्रतिक्रिया दिनुहोस !